काठमाडौं– सत्ता गठबन्धनमा रहेका दलले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गरेर जान निर्देशन दिने निर्णय गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर अगाडि बढ्न प्रदेश र जिल्ला तहलाई निर्देशन दिने निर्णय गरेको हो।
सोमबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा भएको तालमेलको समीक्षा भएको गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।