१. सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दामा सुनायो फैसला, १३ थानमा परमादेश, अन्य खारेज, सर्वोच्चको फैसलासँगै लामो समयदेखि रोकिएको लोकसेवाको परीक्षा गर्ने बाटो खुल्यो (कर्मचारी समायोजन मुद्दामा फैसला)।
२. निर्वाचन आचारसंहिता कडा बनाउने आयोगको चाहना, तर राजनीतिक दलहरु झन् खुकुलो खोज्दै, आयोगले प्रस्ताव गरेका कतिपय प्रावधान कार्यान्वयनमा ल्याउनै नसकिने राजनीतिक दलका प्रतिनिधिको तर्क । (आचारसंहिता कडा बनाउने आयोगको तयारी)।
३. काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि अनुगमन समिति बनाइने, काठमाडौं, नुवाकोट र धादिङका सांसद समितिमा रहने, तीनै तहका सरकारसँग समन्वय हुने । (फोहोर व्यवस्थापनका लागि समिति)।
४. घरमा एफबीआईले छापा मारेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा, ट्रम्पको निवासबाट कब्जा गरिएका दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने माग । (ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा)।
५. र, नेपालको एकदिवसीय अन्तर्राष्ट्रियको वरीयता यथावत, नयाँ वरीयतामा नेपाल १९औं स्थानमा, २०औं स्थानमा पपुवा न्युगिनी, शीर्ष स्थानमा न्युजिल्याण्ड (नेपालको वरीयता यथावत)