१. प्रधानमन्त्री र मन्त्रीहरुलाई चुनाव प्रचारमा रोक लगाउने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रस्तावित आचारसंहिता, आय व्यय नबुझाउने दललाई आउँदो निर्वाचनमा सहभागी नगराउने चेतावनी। ( निर्वाचनको प्रस्तावित आचारसंहिता)।
२. माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पार्टी एकताबारे छलफल, चुनावअघि नै पार्टी एकता संयोजन समिति बनाउन दुवै नेता सहमत । (प्रचण्ड–नेपालको सहमति)।
३. बेलायतमा शून्य लागतमा नेपाली नर्स लैजान सम्झौतापत्रमा हस्ताक्षर, पहिलो चरणमा २०० जनासम्म जान पाउने, नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने। (बेलायतमा नेपाली नर्स)।
४. पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान, प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप, सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको खानको दाबी । (इमरान खानमाथि अनुसन्धान सुरु)।
५. र, नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ भारतको पञ्जाव एफसीमा अनुबन्धित, अल इन्डिया फुटबल फेडेरेसन फिफाको प्रतिबन्धमा परे पनि खेलाडी किनबेचमा प्रतिबन्ध नरहेको उल्लेख । (किरण फेरि पञ्जावमा)।