१. प्रचण्ड–बाबुराम सहमति नजिक, बाबुराम भट्टराई पुनः माओवादी केन्द्रकै निर्वाचन चिह्नबाट उम्मेवार बन्ने सम्भावना बढ्यो, घोषणापत्र पनि एउटै बनाउने सम्भावना । ( प्रचण्ड–बाबुराम सहमतिनजिक)
२. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकलौटीको प्रतिवादमा ’कमजोर’ शेखर कोइराला पक्ष, टिकट नपाउने भयले दबाब बढाउँदै उनी पक्षीय नेताहरू । ( दबाब बढाउँदै कोइराला पक्षीय नेताहरू)
३. धान गोड्ने बेला हुँदा पनि किसानले पाएनन् मल, कृषि सामग्री कम्पनीको पर्सा शाखाबाट अन्यत्र लैजान लागेको ६ ट्रक मल किसानको कब्जामा, महानगरपालिकाको कार्यालयमा लिएर राखियो । (६ ट्रक मल किसानको कब्जामा)
४. चर्चित लेखक सलमान रुश्दीको स्वास्थ्य अवस्थामा सुधार, छुरा प्रहार भएपछि गम्भीर घाइते भएका रुश्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो, बोल्न सक्ने अवस्थामा । (रुश्दीको स्वास्थ्यमा सुधार)
५. र, नेपालले यू–१७ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानको सामना गर्ने, समूहको दोस्रो तथा अन्तिम खेल भदौ २४ गते भारतसँग खेल्ने । (नेपालको पहिलो खेल भुटानसँग