१. मिटरब्याजबाट पीडित भएकाहरुलाई मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न गृह मन्त्रालयको अनुरोध, देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै भदौ ५ गतेभित्र प्रमाणसहित उजुरी दर्ता गराउन आग्रह । (गृह मन्त्रालयको अनुरोध)
२. कांग्रेसभित्र उम्मेदवार मनोनयनको औपचारिक पत्र देउवाले प्रदान गर्ने कार्यसम्पादन समिति बैठकको निर्णय, निर्वाचन केन्द्रित अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गरिने । ( कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय)
३. सत्ता गठबन्धनबाट सिट बाँडफाँट गर्न गठित कार्यदल सदस्य रहेका नेताद्वारा माओवादी स्थायी समिति बैठकमा ब्रिफिङ, नेपाली कांग्रेसले ८० सिटमा मान्न सक्ने उल्लेख । (माओवादी स्थायी समिति बैठकमा ब्रिफिङ)
४. सांघातिक हमलापछि घाइते भएका प्रसिद्ध लेखक सलमान रुस्दीको स्वास्थ्य अवस्था गम्भीर, एउटा आँखा गुमाउने जोखिम रहेको उल्लेख, भेन्टिलेटरमा राखेर उपचार हुँदै । (लेखक सलमान रुस्दीको स्वास्थ्य अवस्था गम्भीर)
५. र, फ्रान्स फुटबलले सार्वजनिक गर्यो बालोन डी’ओर अवार्डको मनोनयनमा पर्ने ३० खेलाडीको सूची, कीर्तिमानी ७ पटकको विजेता लिओनल मेसी र नेयमार अटाएनन् । (अवार्डको मनोनयनमा परेनन् मेसी र नेयमार)