१. आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउन महिला नेताहरुको माग, समानुपातिकमा महिला लैजानुपर्दा सीमान्तकृत, अल्पसंख्यक, निम्नवर्गका पुरुषलाई असर गरेकोतर्फ ध्यानाकर्षण (प्रत्यक्षमा महिला बढाउन दबाब)
२. मिटरब्याज तथा सोसँग सम्बन्धित समस्याको अध्ययन गरी अपराध नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने, पीडितले काठमाडौंमै धर्ना दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको चासो (मिटरब्याजमा सरकारको चासो)
३. लागुऔषध अपराध भयवाह बन्दै, तीन महिनामै लागु औषधसँग सम्बन्धित १ हजार ३२ मुद्दा दर्ता, गत वर्षको तीन महिनाको तुलनामा यस वर्ष ५४ दशमलव २६ प्रतिशतले वृद्धि (लागुऔषधको चंगुल)
४. अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु, पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते (विष्फोटमा धर्मगुरुको मृत्यु)
५. र, भारतका पूर्वकप्तान तथा बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले लेजेन्ड्स लिग क्रिकेट प्रतियोगितामा भारत महाराजा टोलीको नेतृत्व गर्ने, महाराजामा भारतीय टोलीबाट खेलिसकेका वीरेन्द्र सहवाग, मोहम्मद कैफ, हरभजन सिंह, इरफान पठान र पार्थिव पटेल पनि (मैदानमा क्रिकेटका महाराजा)