१. नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन, आगामी भदौं सात गते पार्टीको स्थायी कमिटी बैठक बोलाउने निर्णय । ( ओलीको अध्यक्षतामा निर्वाचन परिचालन समिति)
२. अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ब्लर किन पठाएको? भन्दै नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रश्न, सीसीटीभी फुटेज रिकभरका सन्दर्भमा आफूलाई कुनै जानकारी नभएको आईजीको जवाफ । (आईजीलाई प्रश्न)
३. गंगालाल अस्पतालको दुई निर्णय विवादमा, अन्य कर्मचारीहरुलाई भेदभाव गर्दै असमान व्यवहार गरेको कर्मचारी संघको दाबी, निर्णयमा पुनर्विचार नगरे अदालतसम्म पुग्न बाध्य हुने चेतावनी । (गंगालाल अस्पतालको दुई निर्णय विवादमा)
४. सिंगापुरको भिसा सकिएपछि श्रीलंकाका अपदस्थ राष्ट्रपति राजापाक्षेलाई अस्थायी रूपमा बस्न थाइल्यान्डले दियो अनुमति, स्थायी शरण दिने तेस्रो राष्ट्रको खोजी गर्ने थाइल्यान्डका प्रधानमन्त्री प्रयुतको प्रतिक्रिया । (राजापाक्षेलाई थाइल्यान्डमा बस्न अनुमति)
५. र, बंगलादेशसँग घरेलु मैदानमा हुने मैत्रीपूर्ण खेलका लागि हुमागाईं कार्यवाहक प्रशिक्षकमा नियुक्त, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितिमा हुमागाईंलाई प्रशिक्षकमा नियुक्त गरिएको उल्लेख । ( हुमागाईं कार्यवाहक प्रशिक्षकमा नियुक्त)