१. बझाङमा आमा र छोरा–छोरीसहित ३ जना झुण्डिएको अवस्थामा मृत फेला, आफू निन्द्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको मृतकका श्रीमान पुष्करको भनाइ । (एकै परिवारका तीन जना मृत फेला)
२. सम्पत्ति शुद्धिकरण विभागद्वारा मिटरब्याजी श्याम परदेशी दम्पतिविरुद्ध मुद्दा दायर, ४ करोड बिगो दाबी, ऋण लिएको भन्दै पाँच गुण भन्दा बढीको कागज गराएको आरोप । (मिटरब्याजी परदेशी दम्पतिविरुद्ध मुद्दा दायर)
३. महंगो बन्दै वाणिज्य बैंकहरूको कर्जा ब्याजदर, एक वर्षमा औसत २.७५ प्रतिशत बढ्यो बैंकको आधार दर, सबैभन्दा धेरै आधार दर कुमारी बैंकको । (महंगो बन्दै कर्जाको ब्याजदर)
४. बिहारमा मंगलबार मुख्य मन्त्रीको पदबाट राजीनामा दिएका नितिश कुमारले बुधबार फेरि लिए मुख्यमन्त्रीको सपथ, आगामी चुनावमा विपक्षी गठबन्धनबाट प्रधानमन्त्री उम्मेदवार बन्ने चर्चा । (नतीश कुमारले लिए मुख्यमन्त्रीको सपथ)
५. र, नेपाली राष्ट्रिय क्रिकेट टिलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको आईसीसी टी–२० वरीयतामा सुधार, आठौं स्थानमा उक्लिए, आसिफ र अविनाशको खस्कियो । (आईसीसी वरीयतामा दीपेन्द्रको सुधार)