१. नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुद्वारा कांग्रेसलाई लाभ हुने गरी गठबन्धन गर्न सुझाव, १०० सिट आफूसँग राख्न आग्रह, केन्द्रीय नेताहरुलाई जिल्ला पठाइँदै । (कांग्रेसलाई लाभ हुनेगरी गठबन्धन गर्न सुझाव)
२. अमित श्रेष्ठको शंकास्पद कारोबारको अनुसन्धानमा प्रहरीको ‘गलत नियत’, ‘बलियो’ प्रमाण हुँदा हुँदै कमजोर मुद्दा चलाउन सिफारिस, मुद्दा परिसरमा, अनुसन्धान प्रहरी प्रधान कार्यालयबाट । (प्रहरीको ‘गलत नियत’)
३. दुईपटक चुनाव जितेका नेतालाई तेस्रोपटक टिकट नदिन राष्ट्रिय सभामा सांसदको माग, निर्वाचनको मिति घोषणा भइसकेपछि सरकार कामचलाउमा परिणत भएको उल्लेख । (राष्ट्रिय सभामा सांसदको माग)
४. तीन दिनसम्म चलेको हिंसापछि इजरेल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम, हिंसामा आइतवारसम्म मारिने ४३ जनामध्ये १५ जना बालबालिका रहेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयको भनाइ। (शान्तिको आशा बढ्यो)
५. र, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी–ट्वान्टी लिगमा अनुबन्ध, सन्दीपसहित २० जना मार्की खेलाडी । (सन्दीप यूएई इन्टरनेसनल लिगमा अनुबन्ध)