१. प्रतिनिधि सभाले ५ महिनापछि अघि बढायो चोलेन्द्रविरुद्धको महाभियोग, समितिमा पठाइयो, अब समितिले ३ महिनाभित्र जबरामाथि लागेको आरोपमा छानबिन गरेर प्रतिवेदन बुझाउनुपर्ने । (अघि बढ्यो चोलेन्द्रविरुद्धको महाभियोग)
२. डुब्न लागेकाहरुले आत्तिएर एक–अर्कालाई समातिरहेको गठबन्धन लक्षित एमाले अध्यक्ष ओलीको कटाक्ष, माओवादी केन्द्र कांग्रेसले हेपेको महशुस गरेर पनि गठबन्धनमा रहन बाध्य भएको तर्क । (गठबन्धनलाई ओलीको कटाक्ष)
३. ढिलो गरि प्रधानन्यायाधीशमाथिको महाअभियोग बारेमा छलफल हुनु अयोग्यताको पराकाष्टा भएको एमालेको प्रतिक्रिया, एमाले प्रधानन्यायाधीश राणालाई जोगाउन चाहिरहेको माओवादी केन्द्रको आरोप । (महाअभियोगबारेको छलफलमा सांसदको धारणा)
४. ताइवानमा चीनको सैन्य अभ्यास आइतवार चौथो दिन पनि जारी, अमेरिकाद्वारा चीनले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै चर्को आलोचना । (ताइवानमा चीनको सैन्य अभ्यास जारी)
५. र, फिफा भारतलाई दियो महिला यू–१७ विश्वकपको आयोजना खोस्ने र निलम्बन गर्ने धम्की, आफ्ना सदस्य एकाइहरूको सञ्चालनमा तेस्रो पक्षको हस्तक्षेपको विरुद्धमा रहेको उल्लेख । (भारतलाई फिफाको धम्की)