१. सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आंकलनसहित सुनसरी र सप्तरी प्रशासनद्वारा तटीय क्षेत्रमा हाईअलर्ट जारी, मेलम्ची तटीय क्षेत्र पनि बाढीको उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह । (सप्तकोशीमा हाईअलर्ट जारी)
२. जापान पुगेर त्यहाँका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्ने इच्छा पूरा नभएको भन्दै प्रचण्डद्वारा दुःख व्यक्त, निर्वाचनपछि स्थिर र बलियो सरकार गठन हुने दाबी । (प्रचण्डद्वारा दुःख व्यक्त)
३. जनता समाजवादी पार्टी जातीय र संकीर्ण क्षेत्रीय दलमा रुपान्तर भएको डा. बाबुराम भट्टराईको आरोप, त्यसैले नेपाल समाजवादी पार्टी गठन गरेको तर्क । ( बाबुराम भट्टराईको आरोप)
४. इजरेलद्वारा प्यालेस्टिनी समूह इस्लामिक जिहादका १९ जना सदस्यहरूलाई छापा मारेर पक्राउ, एक वर्षपछिको सबैभन्दा गम्भीर हिंसा, इजरेली कारबाही एक सातासम्म चल्नसक्ने’ । (इजरेल र प्यालेस्टाइनबीच तनाव)
५. र, खेलाडी पलायन हुन थालेपछि प्रशिक्षक अल्मुताइरीको गुहार, नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग अनुरोध, ५ देखि ७ जनाको टोली बनाएर समस्या समाधानको विषयमा सोच्न आग्रह । (प्रशिक्षक अल्मुताइरीको गुहार)