१. प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय, ज्योतिषमा विश्वास गर्ने प्रधानमन्त्री देउवाले निर्वाचनका लागि रोजे उत्पतिका एकादशी । (निर्वाचन गर्न देउवाले रोजे उत्पतिका एकादशी)
२. भोलिदेखि मतदाता नामावली संकलन रोकिने निर्वाचन आयोगको भनाइ, आइतबारबाट दल दर्ता सुरु हुने, कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीहरुले समानुपातिकतर्फ मतदान गर्न पाउने । ( भोलिदेखि मतदाता नामावली संकलन रोकिने)
३. दुई प्रहरीको संलग्नतामा प्रहरीकै पेस्तोल ताक्दै काठमाडौंमा चिनियाँ नागरिकको अपहरण, घुमुवा र पिएसओसहित ६ अपहरणकारीको हातमा लाग्यो हत्कडी, ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति । (काठमाडौंमा चिनियाँ नागरिकको अपहरण)
४. श्रीलंकाका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप, आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने सर्वोच्च अदालतको आदेश । (राजपक्षेद्वयलाई प्रतिबन्धको म्याद थप)
५. र, नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सद्वारा आफ्नो आधिकारीक लोगो सार्वजनिक, लिगमा ६ टोलीले सहभागीता जनाउदै । (विराटनगर र जनकपुरको लोगो सार्वजनिक)