१. निर्वाचन आयोगले गरेको प्रस्तावअनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्न सत्ता गठबन्धनका नेताहरु सहमत, अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने । ( निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति)
२. कोशीको बाढी बस्तीमा पसेपछि श्रीलंका टापुमा फसेका पाँचसय परिवारको उद्धार, कोशीको बहाव बढेपछि अन्य बस्तीमा पनि त्रास, बेलका नगरपालिकाका केही क्षेत्र जोखिममा । (बाढीले बस्तीमा त्रास)
३. भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटाएर आए पनि नेपालमा नघट्ने नेपाल आयल निगमको भनाइ, अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेको तर्क । (नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघट्ने)
४. चीनद्वारा अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति आधिकारिक रूपमा विरोध व्यक्त, बेइजिङस्थित अमेरिकी राजदूत निकोलसलाई बोलाएर चीन मौन नबस्ने चेतावनी । (न्यान्सी पलोसी ताइवान भ्रमणमा)
५. र, खेलाडीहरुको आवासको लागि होस्टेल निर्माण गर्ने राष्ट्रिय खेलकुद परिषद्को निर्णय, करिब ४ करोडको लगानीमा ‘थ्री स्टार’ स्तरको होस्टेल बनाइने । (राष्ट्रिय खेलकुद परिषद्को निर्णय)