१. शनिबार रातिदेखि जारी वर्षाका कारण देशका धेरै ठाउँमा बाढी र पहिरो जाँदा जनजीवन अस्तव्यस्त, भरतपुर केराबारीमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध (वर्षाको वितन्डा)
२. विप्लव नेतृत्वको नेकपा माओवादीलाई सरकारले गिरफ्तार गर्न पत्र काटेकोप्रति एमाले र माओवादी केन्द्रका सांसदको आपत्ति, विप्लव नेतृत्वको पार्टीलाई हिंसात्मक बाटोमै पठाउन खोजेको हो? भन्दै प्रश्न (विप्लपका पक्षमा बहश)
३. नेपालमा मंगलबार एकैदिन ८१४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार १४४, २४ घण्टाको अवधिमा २९९ जना संक्रमित संक्रमण मुक्त (उकालिदै कोरोना ग्राफ)
४. पेलोसीको एसिया भ्रमण सुरु, इन्डो–प्यासिफिक क्षेत्रको रहेको कार्यालयको भनाइ (चीन-अमेरिका आमने-सामने)
५. र, साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकियो, फाइनल पुग्ने सम्भावना अब भारत र माल्दिभ्सको खेलमा निर्भर (बंगलादेशसँग बराबरी)