१. जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त, 'फरक मत’मा टेकेर एमालेले अर्थमन्त्री शर्माविरुद्धको विरोध जारी राख्ने, सत्ता गठबन्धनको बहुमतले निर्दोष बनाएको तर्क। ( जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त)
२. डीएसपीको कमाण्डमा सातै प्रदेशमा सशस्त्रले पठायो इन्टेलिजेन्सको टोली, इन्सपेक्टर कमाण्डको टोलीले १४ वटासम्म जिल्ला हेर्नुपर्ने भएकाले प्रभावकारी रुपमा ब्यूरोले काम गर्न नसकेको उल्लेख। (सशस्त्रले पठायो इन्टेलिजेन्सको टोली)
३. संवैधानिक नियुक्तिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि महाअभियोग लागेको संवैधानिक इजलासको टिप्पणी, नियुक्तीमा स्वार्थ जोडिएको ठहर। (संवैधानिक इजलासको टिप्पणी)
४. अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको एसिया भ्रमण सुरु, ताइवानको सम्भावित भ्रमणबारे कुनै उल्लेख नहुनुले अमेरिका चीनसँग अहिले ठोक्किन नचाहेको’ संकेत । (पेलोसीको एसिया भ्रमण सुरु)
५. र, सहिद स्मारक ‘ए’ डिभिजन लिग तयारीका लागि बोलाएको बैठक दोस्रोपटक पनि स्थगित, आफू अस्वस्थ भएका कारण बैठक स्थगित भएको एन्फा महासचिव राईको भनाइ। (बैठक स्थगित)