१. कांग्रेसले माओवादी केन्द्रलाई दोस्रो शक्ति नबनाए गठबन्धनमा सहयोग नगर्ने प्रचण्डको चेतावनी, राजनीतिमा बुढा नेता चाहिँदैनन् भन्नु समाज भत्काउने विचार भएको तर्क। (कांग्रेसलाई प्रचण्डको चेतावनी)
२. फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको पर्यटनमन्त्री जीवनराम श्रेष्ठको दाबी, फोहोरमैलाको व्यवस्थापन स्थानीय तहहरुले आफ्नै स्रोतबाट गर्नुपर्नेमा जोड। (पर्यटनमन्त्री जीवनराम श्रेष्ठको दाबी)
३. बाटो मर्मतको कारण फोहोर व्यवस्थापन हुन नसक्दा सडकमै थुप्रिन थाल्यो काठमाडौंको फोहोर, बाटो मर्मतको काम सक्न अझै समय लाग्ने काठमाडौं महानगरको भनाइ। (सडकमै थुप्रिन थाल्यो काठमाडौंको फोहोर)
४. आर्थिक संकट झेलिरहेको श्रीलंकामा सर्वदलीय सरकार गठनको प्रयास, सरकारद्वारा विपक्षी दलहरूसँग वार्ता सुरु, सर्वदलीय सरकार गठन प्रयासको प्रक्रिया एक हप्तामा पूरा हुने अपेक्षा। (श्रीलंकामा सर्वदलीय सरकार गठनको प्रयास)
५. र, श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक, नेपाल रहेको समूहमा भारत र भुटान, महिला साफमा नेपाल रहेको समूहमा भुटान र श्रीलंका । (नेपाल रहेको समूहमा भारत र भुटान)