१. नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभाबाट पनि बहुमतले पारित, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक ऐनमा परिणत हुने। (नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित)
२. स्थानीयका माग सम्बोधन नगरे बञ्चरेडाँडामा सधैंलाई फोहोर फाल्न बन्द गर्ने सङ्घर्ष समितिको चेतावनी, अहिलेसम्म भएका सहमति कार्यान्वयनको लागि कुनै पनि निकायले चासो नदेखाएको गुनासो । (बञ्चरेडाँडाका स्थानीयको चेतावनी)
३. सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई सजायको फैसला, ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना । (डीएसपी रमेशबहादुर सिंहलाई सजाय)
४. अमेरिका र दक्षिण कोरियाविरुद्ध आणविक आक्रमण गर्ने किम जोङको चेतावनी, अमेरिकाले आफ्नो वैरभावपूर्ण नीतिलाई सफाइ दिन उत्तर कोरियालाई ‘प्रेतिकरण’ गरेको आरोप । (अमेरिका र दक्षिण कोरियालाई किमको चेतावनी)
५. र, एसिया कप श्रीलंकामा आयोजना गर्न हरसम्भव प्रयास गरेको एसिया क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहको भनाइ, तर आर्थिक संकटले युएई परेको उल्लेख । (एसिया कप युएईमा हुने)