१. शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक, परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ जना। (एसईईको नतिजा सार्वजनिक)
२. संसदीय समितिले माग्यो रक्षा मन्त्रालयमार्फत् एसपीपीका सम्बन्धमा पत्राचार भएका सबै दस्ताबेज, सरकारसँग अमेरिकालाई हालसम्म पत्राचार नगर्नुको कारण माग, दस्ताबेजबारे समितिले अध्ययन गर्नुपर्ने सांसदहरुको धारणा। (संसदीय समितिले माग्यो एसपीपीका दस्ताबेज)
३. घुम्न वा रोजगारीको लागि विदेश जाने नागरिकको अभिलेख राख्न स्थानीय तहलाई गृह मन्त्रालयको आग्रह, भिजिट भिसामा विदेशमा काम गर्न गएकाहरू समस्यामा परेको उल्लेख । (स्थानीय तहलाई गृहको आग्रह)
४. कंगोमा शान्ति सैनिकलाई लक्षित गर्दै आक्रमण, सर्वसाधारणसहित १५ जनाको मृत्यु, नेपाली सेनाले भन्यो– हाम्रा शान्ति सैनिक र पर्यवेक्षकहरु सुरक्षित छन् । ( कंगोमा शान्ति सैनिकलाई लक्षित गर्दै आक्रमण)
५. र, आफ्नो नियुक्तिमा फिफा र एएफसीलाई कुनै समस्या नभएको एन्फा पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरवको प्रतिक्रिया, नियुक्ति लिन अध्यक्ष र महासचिवले नै प्रस्ताव गरेको दाबी । (गौरवको दाबी)