१. प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको दाबी, स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च । (प्रमुख निर्वाचन आयुक्त थपलियाको दाबी)
२. बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश प्रकरणमा सीसीटीभीको रिकभर फुटेजबारे विज्ञहरुसँग समितिको छलफल, 'रिकभर’ फुटेज छैन 'क्लियर’, सिंहदरबार गेटको सीसीटीभी फुटेज मेटिसकेको गृहको जवाफ । ( छानबिन समितिलाई गृहको जवाफ)
३. नियमावली संशोधन गरेर एसएसपी बनाइएका प्रधामन्त्रीका नातेदार दीपेन्द्र कुँवर डीआईजी बन्ने लाइनमा, कुँवरलाई नै बढुवा गर्न दुई महिनादेखि रिक्त राखियो डीआईजीको दरबन्दी । (प्रधामन्त्रीका नातेदार डीआईजी बन्ने लाइनमा)
४. युरोपेली सङ्घ अन्तर्गतका देशहरूमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्ने रुसको तयारी, ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख । (युरोपमा ग्यास निर्यात घटाउदै रुस)
५. र, ‘ए’ डिभिजन क्लब थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त, यू–१७ टोली खुला छनोट मंगलबारदेखि सुरु । (मुख्य प्रशिक्षकमा श्रेष्ठ)