१. देशभरका ६० हजार ९ सय ५० जना उम्मेदवारले दर्ता गराए उम्मेदवारी, सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पोखरा र भरतपुरमा पर्यो बागी उम्मेदवारी (उम्मेदवारी दर्ता)
२. मंगलबारदेखि मतपत्र ढुवानी थाल्ने तयारी गरेको निर्वाचन आयोगले छाप्यो ६८ जिल्लाका १ करोड ५४ लाख ८३ हजार मतपत्र, आाचारसंहिता मिचेमा उम्मेदवारहरुलाई कारबाही गर्ने चेतावनी (तयारी तीव्र)
३. उम्मेदवारी मनोनयनको दोस्रो दिन मनोनयनका क्रममा विभिन्न ठाउँमा झडप, धेरै झडप एकअर्को पार्टीका कायर्यकर्ताबीच नभइ पार्टीभित्रकै गुट–उपगुटबीच (आपसमा झडप)
४. इम्यानुएल म्याक्रो दोस्रोपटक फ्रान्सकाे राष्ट्रपतिमा निर्वाचित, विभाजित फ्रान्सलाई एकताबद्ध गर्ने वाचा, उग्रदक्षिणपन्थीलाई मतदान गर्ने देशवासीको आक्रोश र असहमतिलाई पत्ता लगाउनैपर्ने प्रतिक्रिया । ( म्याक्रो फ्रान्सका राष्ट्रपतिमा निर्वाचित)
५. र, बार्सिलोना घरेलु मैदानमै रायो भालेकानोसँग १–० ले स्तब्ध, सम्हालिन नपाउँदै गोल खाएको बार्सिलोनाले ७१ प्रतिशत बल पोसेसन बनाएपनि टार्न सकेन हार (बार्सिलोना पराजित)