१. मनोनयनको समय आइतबार र सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म, उम्मेदवारी दर्ता गर्न जाँदा दल तथा उम्मेदवारले झण्डा र चुनाव चिह्नको 'अत्यधिक प्रयोग’ गर्न नपाउने । (मनोनयनको तयारी)
२. जिल्लाको रिपोर्ट सुन्दा उत्साहित हुने स्थिति नदेखिएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाइ, अब सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्नु पर्नेमा जोड । (माधव नेपालको असन्तुष्टि)
३. स्थानीय तहको निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, नेपाल प्रहरीले ६५ हजार, नेपाली सेनाका ७१ हजार र सशस्त्र प्रहरीबाट ३२ हजार सुरक्षाकर्मी परिचालन गरिने । (निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र)
४. अफगानिस्तानमा भिडिओ शेअर गर्ने एप टिकटक र अनलाइन मल्टिप्लेअर गेम पब्जीमा प्रतिबन्ध लगाउन आदेश, 'युवाहरूलाई बहकाउबाट जोगाउन' पछिल्लो प्रतिबन्ध अत्यावश्यक रहेको तर्क । ( अफगानिस्तानमा तालिबान सरकारको आदेश)
५. र, आईपीएलमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसहित ३ जनालाई जरिवाना, राजस्थान रोयल्सविरुद्धको खेलमा हाइ फुलटस बलमा नो–बल मागपछि उत्पन्न विवाद बन्यो मुख्य कारण । (पन्तसहित ३ जनालाई जरिवाना)