१. स्थानीय तहको चुनावका लागि एमालेको घोषणापत्र सार्वजनिक, शिक्षा, स्वास्थ्य, रेल र जल यातायात प्राथमिकतामा, कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा १७ जना ज्येष्ठ कम्युनिस्ट नेता सम्मानित (एमालेको घोषणापत्र सार्वजनिक)
२. आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने निर्माण व्यवसायीहरूको घोषणा, ठेक्का लिँदाको तुलनामा मूल्य अत्यधिक बढेको भन्दै समायोजनको माग (कन्ट्रक्सन होलिडे)
३. भागबन्डा र उम्मेदवार छनोटलाई लिएर नेपाली कांग्रेसका स्थानीय नेताहरुमा असन्तुष्टि, रुपन्देहीका कांग्रेस क्षेत्रीय सभापति र जनकपुरका सभापतिले गरे पदबाट राजीनामा (कांग्रेसमा असन्तुष्टि)
४. युक्रेनको राजधानी किभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव, आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि अझै पछि नहट्ने रुसको संकेत (पछि नहट्ने रुसको संकेत)
५. र, नवौं राष्ट्रिय खेलकुदमा ३८ वटा खेलमा प्रतिस्पर्धा गराउने राष्ट्रिय खेलकुद परिषदको निर्णय, सातै प्रदेश, विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता रहने (राष्ट्रिय खेलकुदमा ३८ खेल)