१. उपभोक्ता समितिमार्फत् हुने खरिद रोक्ने शहरी विकास मन्त्रालयको निर्देशन कार्यान्वन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो । (सर्वोच्चको अन्तरिम आदेश)
२. ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुग्यो, उपचाररत ६ जना डिस्चार्ज, विष्फोटको छानबिन गर्न गृहमन्त्री खाणको निर्देशन । ( सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट)
३. सातवटै प्रदेशमा वैशाख १८ देखि २२ गतेसम्म संयुक्त चुनावी सभा गर्ने पाँच दलीय सत्ता गठबन्धनको निर्णय, सभालाई गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने । (सत्ता गठबन्धनको निर्णय)
४. भारतले रुससँगको तेल व्यापारलाई बनायो तीव्र, विगतमा भन्दा दुई गुणा बढी कच्चा तेल खरिद गरेको उल्लेख, सहुलियतपूर्ण मूल्यमा खरिद गर्न निजी सम्झौता अघि बढाइयो । (भारतले बढायो रुससँगको तेल व्यापार)
५. र, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके शुक्रबार नेपाल फर्किने, जिम्बाबे ‘ए’ विरुद्ध तीन एक दिवसीय र तीन टी२० खेलको प्रशिक्षण लगत्तै सुरु हुने । ( प्रशिक्षक पुबुदु शुक्रबार नेपाल फर्किँदै)