१. २०७४ सालमा प्राप्त मत भागबन्डाको एउटा मात्रै मापदण्ड हुने कांग्रेस प्रवक्ताको भनाइ, आफूहरु बढेको, अरु यताउता भएको तर्क, तालमेलले कांग्रेसकै नेताहरुलाई अन्याय पर्न नदिने प्रतिक्रिया । (भागबन्डाबारे कांग्रेस)
२. विप्लवलाई सूर्य चिह्नमा चुनाव लड्न ओलीको आग्रह, माओवादी र एकीकृत समाजवादी कांग्रेसको जिउमा बसेको झिँगा र मच्छड धपाउने चौरीको पुच्छर मात्रै भएको टिप्पणी । (विप्लवलाई ओलीको आग्रह)
३. ८ महिनामा १६.३ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिती, साढे ६ महिनाको आयात धान्न पुग्ने, ८२ प्रतिशतले बढ्यो निर्यात, ११ खर्ब ६० अर्बको व्यापारघाटा । ( घट्यो विदेशी मुद्राको सञ्चिती)
४. अन्तरिमकाललाई बाह्य ऋण भुक्तानी रोक्ने श्रीलंकाको घोषणा, विदेशी सरकारसहित ऋणदाताले कुनै पनि ब्याज भुक्तानी पूँजीकरण गर्न वा श्रीलंकाली रुपैयाँमा भुक्तानीको विकल्प रोज्नसक्ने उल्लेख । (श्रीलंकाको घोषणा)
५. र, बाबर आजमले जिते आईसीसी प्लेयर अफ द मन्थको अवार्ड, जितसँगै आजम दुईपटक अवार्ड जित्ने पहिलो पुरुष खेलाडी, महिलातर्फको अवार्ड अष्ट्रेलियन ओपनर राचेल हायनेसलाई । (आजमलाई प्लेयर अफ द मन्थको अवार्ड)