१. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी नियुक्त, गैरसांसद बन्दीलाई कानुन मन्त्री बनाउँदा दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी । ( गोविन्द बन्दी कानुन मन्त्री नियुक्त)
२. एमालेले स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहिताप्रति निर्वाचन आयोगलाई बुझायो धारणा, आचारसंहिताको प्रावधानले चुनाव प्रचार गर्न निषेध गरेको तर्क, निर्वाचन आचारसंहिताप्रति प्रतिबद्ध रहेको प्रतिक्रिया । (एमालेले बुझायो निर्वाचन आयोगलाई धारणा)
३. प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम, ६ वर्षमा २० प्रतिशतको मात्र पहुँच, नवीकरण गराउनेहरुको दर ७० प्रतिशत मात्र, चालु आर्थिक वर्षमा सबै स्थानीय तहमा पुर्याउने योजना । (प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम)
४. संयुक्त राष्ट्र संघको महासभामा रूसलाई मानवाधिकार परिषद्बाट हटाउनका लागि अमेरिकी प्रस्तावमाथि मतदान हुने, १९३ सदस्य भएको महासभामा मस्कोलाई निलम्बित गर्न पर्याप्त समर्थन रहेको उल्लेख । (रुसविरुद्धको अमेरिकी प्रस्तावमाथि मतदान हुने)
५. र, एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि राष्ट्रिय टोलीमा फर्किए मिडफिल्डर विशाल राई, नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्ने । (राष्ट्रिय टोलीमा फर्किए विशाल राई)