१. प्रधानमन्त्रीको भारत भ्रमणबारे सत्ता गठबन्धनको बैठकमा 'बिफ्रिङ’, संयुक्त विज्ञप्ति नआए पनि उठाउनुपर्ने अजेण्डा पेस गरेको दाबी, तालमेल प्रक्रियाको अनुगमनका लागि रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र गठन । (सत्ता गठबन्धनद्वारा संयन्त्र गठन)
२. निर्वाचन आयोगले बोलाएको बैठकमा नाराबाजी, बोल्ने कार्यक्रम नभइ निर्वाचन आचारसंहिताप्रति प्रतिबद्धता जनाउन बोलाइएको निर्वाचन आयोगको तर्क, निर्वाचन आचारसंहिताप्रतिको प्रतिबद्धतामा एमालेले गरेन हस्ताक्षर । (आयोगको बैठकमा नाराबाजी)
३. एक पदमा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्न गठबन्धनलक्षित निर्वाचन आयोगको निर्देशन, लैङ्गिक तथा समावेशी नीति, २०७७ को कार्यान्वयनमा सहयोग गर्नुपर्नेमा जोड । (निर्वाचन आयोगको निर्देशन)
४. पाकिस्तानको सर्वोच्च अदालतद्वारा प्रधानमनत्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर, सभामुखले अविश्वासको प्रस्तावलाई बेइमानी गरेर खारेज गरिदिएको अदालतको ठहर। (पाकिस्तानमा संसद् विघटनको निर्णय बदर)
५. र, राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवबाट हटाइएका सिलवालको रिट खारेज, टंकलाल घिसिङलाई काम गर्ने बाटो खुल्यो (सिलवालको रिट खारेज)