१. १५ प्रतिशतसम्म बढ्यो सवारीसाधनको भाडा, यात्रुवाहकमा १०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहकमा १३ र तराईमा चल्ने मालवाहक सवारी साधनमा १५ प्रतिशतले वृद्धि । (बढ्यो सवारीसाधनको भाडा)
२. दैनिक उपभोग्य वस्तु सहज बनाउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई सरकारको निर्देशन, बजार अनुगमन गरी रिपोर्ट पठाउन ७७ वटै जिल्ला प्रशासनलाई सर्कुलर । (सरकारको निर्देशन)
३. अदालतको कार्यबोझ घटाउन कानुन संशोधन गर्दै सरकार, कर्मचारीको रिट सर्वोच्चमा दर्ता नहुने, ७ वर्षभन्दा कम सजाय हुने मुद्दा उच्चबाटै टुंग्याउनुपर्ने, अन्तरिम आदेश एकल इजलासले नदिने । (कानुन संशोधन गर्दै सरकार)
४. पाकिस्तानमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव खारेज, संसद् विघटन गरी चुनाव घोषणा गर्न सिफारिस, देशका लागि को चाहिन्छ भन्ने जनताले नै फैसला गर्ने खानको प्रतिक्रिया । (पाकिस्तानमा संसद् विघटन)
५. र, ९ वर्षपछि एकदिवसीय महिला विश्वकप २०२२ को उपाधि अस्ट्रेलियालाई, महिला विश्वकप फाइनलमा सर्वाधिक ठूलो योगफल बनाएको अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७१ रनले पराजित । (अस्ट्रेलियालाई उपाधि)