काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) गृहमन्त्री रामबहादुर थापा बाहेकका चार जना मन्त्रीहरुलाई साधारण सदस्यतासमेत नरहने गरी माओवादी केन्द्रको कारबाही, संसद् सचिवालयमा पत्र दर्ता, एमालेको राजनीतिमा संलग्न भएको आरोप ।
२) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा, एमालेका तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री शाहीले अब विश्वासको मत लिनुपर्ने ।
३) कांग्रेस छोडेर एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई सरकारको उपहार, नेपाल एयरलाइन्सको निगम सञ्चालक समितिमा नियुक्ति, पर्यटन मन्त्रालयको निर्णयसँगै प्रधानलाई पत्र पठाउने तयारी ।
४) नाइजेरियाको दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलमा आक्रमण, १८ सयभन्दा बढी कैदी भागे, ३५ जना कैदी नभागेको र ६ जना फर्किएर आएको उल्लेख ।
५) र, जापानमा हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने उत्तर कोरियाको घोषणा, कोरोना महामारी मुख्य कारण, पुनः वार्ता प्रक्रिया सुरु गराउने दक्षिण कोरियाको योजनामा धक्का ।