काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) अल्पमतमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको संकेत, संसद्को अंक गणित र देशको आवश्यकता फरक हुनसक्ने तर्क, समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिएको दाबी ।
२) प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णयपछि राजनीतिक परिस्थितिले कोल्टे फेरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तर्क, अब छिट्टै नयाँ सरकार बन्ने दाबी ।
३) राजस्व अनुसन्धानले एक वर्षअघि समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै, चिनी उपभोग गर्न योग्य भनी प्रमाणित गर्ने कर्मचारीहरुलाई भने उन्मुक्ति ।
४) अमेरिकी संसद् भवन अगाडि आक्रमण, एक प्रहरीसहित दुई जनाको मृत्यु, आक्रमणबाट प्रहरी अधिकारीकै ज्यान गएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न, साताभित्रै भएको देशकै चौथो घटना ।
५) र, ललितपुर मेयर महिला च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लबको विजयी सुरुवात, प्रदेश १ आठ विकेटले पराजित, अर्को खेलमा ललितपुर मेयर्स एघारविरुद्ध सुदूरपश्चिमको जित ।