काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) शुक्रबार दिउँसोबाट काठमाडौं उपत्यकाको वायुमण्डल प्रदूषित, कतै डढेलो लागेर हावाले धुलो र धुवाँ उडाएर ल्याएका कारण वायुमण्डल धमिलो भएको मौसमविद्का अनुमान।
२) आफ्ना पूर्व निर्णयबाट पछि नहट्ने प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको स्पष्टोक्ति, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारबाहीयोग्य
३) पार्टीलाई बलियो र गतिशिल बनाउन पार्टी भित्रै रहेर संघर्ष गर्ने नेकपा एमाले नेपाल पक्षको निर्णय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने।
४) चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा ९ जना बेलायती नागरिक र चार वटा संस्थामाथि प्रतिबन्ध, चीनले प्रतिबन्ध घोषणा गरिएकाहरुमा राजनीतिकर्मीहरु, बुद्धिजीवीहरु र मानव अधिकारवादीहरु।
५) र, थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दै, खेला नेपालको लागि फाइनल यात्रा मात्रै नभएर प्रतिष्ठाको लडाईँ ।