काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेकपा (एमाले)का दुई पक्षबीचका समानान्तर गतिविधी जारी, नेपाल–खनाल पक्षले बोलायो केन्द्रीय कमिटी भेला, ओली पक्षले तय गर्यो संसदीय दलको बैठक।
२) अघिल्लो महिना ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको झा दम्पत्तिको शव फेला, दम्पत्ति अपहरण अभियोगमा प्रहरीले चारजनालाई गरिएको थियो पक्राउ
३) नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा, ढुवानीको लागि प्रतिक चिन्हको उद्घाटन र धुलो दूधको नयाँ प्याकेजको अनावरण।
४) भारतले लगायो बिहीबारदेखि कोरोना भाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक, भारत सरकार र खोप बनाउने कम्पनी सेरम इन्स्टिच्युटको प्रतिक्रिया आउन बाँकी।
५) र, सन्दीप लामिछानेले इंग्ल्यान्डको विश्व चर्चित घरेलु टि–२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने, प्रतियोगिता आगमी जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने।