काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) सिभिल सहकारीको १ अर्ब हिनामिना गरेको भन्दै सम्पत्ति शुद्धीकरणले रोक्का गर्यो इच्छाराज तामाङका सबै खाता, सिभिल सहकारीको रकम लिएर विभिन्न संस्थामा लगानी गरेको प्रारम्भिक अनुसन्धान ।
२) नेकपा नाम विवादमा सर्वाेच्च अदालतले गरेको फैसलाको पुनरवलोकनमा जाने माओवादी केन्द्रको निर्णय, सर्वोच्चको फैसला त्रुटीपूर्ण लागेमा सच्चाउनुपर्ने कानुन व्यवसायीको सुझाव ।
३) पार्टी विभाजनको पक्षमा नरहेको तर, दास बन्न पनि तयार नरहेको एमाले वरिष्ठ नेता माधव नेपालको भनाइ, विधान मिच्दै निर्णय गर्ने ओलीले जवाफ दिनुपर्ने भीम रावलको तर्क ।
४) उइगर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै चीनमाथि ईयू, अमेरिका र क्यानडाद्वारा प्रतिबन्ध घोषणा, प्रतिक्रियास्वरूप चीनले पनि युरोपेली अधिकारीहरूमाथि लगायो प्रतिबन्ध ।
५) र, नेपाल, बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमबीचको ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता सुरु, रंगशालामा १२ हजार दर्शकलाई नै अनुमति ।