काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय भेला ललितपुरको सानेपामा सुरु भएको छ।
भेलामा देशभरबाट दुई हजार भन्दा बढी नेता/कार्यकर्ता सहभागी हुने दाबी गरिएको छ।
विभाजनको संघारमा पुगेको भनिएको एमालेका दुवै पक्षले आ-आफ्ना भेला/कार्यक्रम गरिरहेका छन्।