काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) पार्टी नेतृत्वविरुद्ध आफुखुसी गुटगत भेला नगर्न र त्यस्ता भेलामा सरिक नहुन कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन, निर्देशन विपरित गुटगत भेला भएमा कारवाहीको चेतावनी ।
२) बालुवाटारको भेलाले पार्टीलाई विभाजनतर्फ धकेलेको एमालेको माधव नेपाल समूहको दाबी, भोलिको राष्ट्रिय भेला उद्घाटन गर्नका लागि प्रधानमन्त्री ओलीलाई आग्रह ।
३) व्यवसायीले पाउने कमिसनमा कुरा नमिल्दा वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी निर्देशिका ३ महिनादेखि मन्त्रीको टेबुलमा, बजार कब्जाको रणनीतिमा व्यवसायी, इजाजत नपाएका व्यवसायीले गरे संसदीय समितिमा उजुरी ।
४) अमेरिकालाई ’दुर्गन्ध ननिकाल्न’ उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनीको चेतावनी, अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको पनि आलोचना ।
५) र, स्पेनिस ला लिगा फुटबलमा जित बार्सिलोनाको जित, हुएस्का ४–१ गोलअन्तरले पराजित, जितसँगै शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग अंक दूरी घटाउँदै बार्सिलोना चौथो स्थानमा ।