काठमाडाैं– बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधि सभा बैठक, एमाले र माओवादी केन्द्रका सांसद्हरु बेग्लाबेग्लै लहरमा, अर्को बैठक चैत ३ गते ।
२) अहिलको अवस्थालाई हेरेर संगठन निर्माणको कार्यलाई तिव्रता माओवादी केन्द्रले गठन ग¥यो चार सदस्यीय कार्यदल, माओवादी केन्द्रबाट प्रधानमन्त्री ओलीलाई साथ दिएका नेताहरु एमालेमै रहने ।
३) ओली नेतृत्वको सरकारमा जाने विषय वाहियात भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको प्रतिक्रिया, विगतका सरकारले उधारो सहमती गरेकाले नगदमा सहमती गरे मात्रै सरकारमा जाने ।
४) ओप्रा अन्तर्वार्ताः राजकुमार ह्यारी र मेगन मार्कलको अन्तर्वार्ताबारे ब्रिटिश राजदरबारले मुख खोल्यो, जातिय प्रकृतिका प्रसङ्ग निकै ’चिन्ताजनक’ भएको भन्दै तिनलाई ’गम्भीरतापूर्वक लिइने’ बकिङ्घम राजदरबारको भनाइ ।
५) र, विभागीय टिम नेपाल पुलिस क्लब ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश, काठमाडौं मेयर एघार १०३ रनले पराजित, पुलिसका पवन सर्राफको उत्कृष्ट बलिङ ।