काठमाडाैं– साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज, एमाले र माओवादी केन्द्र कायम, फेरि एकीकरण गर्न १५ दिनको समय
२) नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेर अघि बढ्ने माओवादी केन्द्रको निर्णय, फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने
३) प्रधानमन्त्री केपी शर्मा ओलीले गरे जसपासँग सत्ता साझेदारीका लागि औपचारिक प्रस्ताव, संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले यस विषयमा गरे ब्रिफिङ
४) डोनाल्ड ट्रम्पको भ्रमण प्रतिबन्धको कारण भिसा नपाएका मुस्लिमहरुले पुनः आवेदन दिन सक्ने, विभिन्न १३ मुस्लिम र अफ्रिकन मुलुकमाथि अमेरिका भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा
५) र, काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबको दोस्रो जित, आर्मीका साहब आमल एक्लैले सात विकेट लिएपनि दिलाउन सकेनन् जित