काठमाडौं– आइबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) नेपाल कम्युनिष्ट पार्टी नेकपा नाम ऋषिराम कट्टेलको हुन सर्वोच्चको फैसला, नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग राजनीतिक दल, फेरि एकीकरणको प्रक्रिया थाल्नुपर्ने
२) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध, सभामुखले अध्यादेश पेस गर्न समय दिइएपछि कांग्रेसको विरोध, नेकपाकै प्रचण्ड–माधव पक्षद्वारा संसद वहिष्कार
३) सर्वोच्च अदालतको नेकपा नाम विवादमा भएको फैसलामाथि प्रतिनिधि सभामा प्रश्न, नेकपाको प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीसँग परामर्श गर्दै
४) श्रीलंकामा पनि खोलियो भारतीय जनता पार्टीे, भारतीय मूलका तमिल नागरिक भेलुस्वमाी मुतुस्वामीले खोले पार्टी, तमिलहरूको सामाजिक आर्थिक विकासकामा लाग्ने
५) जारी काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर एघार टिमको विजयी सुरुवात, नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानको उत्कृष्ट प्रदर्शन, बनाए करियरकै सर्वाधिक रन