काठमाडौं– शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति सार्वजनिक, आफू तीन बुँदे सहमतिमा प्रतिबद्ध रहेको विप्लवको स्पष्टोक्ति ।
२) प्रचण्ड–नेपाल पक्षको संसदीय दलले चुन्यो प्रचण्डलाई संसदीय दलको नेता, प्रधानमन्त्री ओलीले नै आफूहरुलाई अविश्वासको प्रस्तावको बाटोमा जान बाध्य बनाएको प्रचण्डको भनाइ
३) प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नहुने नेपाली कांग्रेसका सांसदहरूको धारणा, संविधानको ‘हत्या गर्ने’ ओलीसँग सहकार्य गर्नु कांग्रेसको मूल्य, मान्यता विपरीत हुने जिकिर
४) सरकारप्रति विश्वासिलालाई मात्र हङकङ सरकारमा निर्वाचित हुने गरि चिनद्वारा कानून परिवर्तन, थप ७० विधायक चुन्ने र यसको जिम्मा सरकारद्वारा गठित कमिटीलाई प्रदान
५) र, काठमाडौं महानगरको सहयोगमा क्यानले आयोजना गरेको ‘काठमाडौं मेयर कप’ शनिबारदेखि सुरु, सन्दीप लामिछानेले ‘काठमाडौं मेयर कप’ क्रिकेटमा काठमाडौं एघार टिमको कप्तानी गर्ने