काठमाडौं– बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरी नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा तीन दल, सरकारको नेतृत्व लिने वा नलिने विषयमा छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक ।
२) सरकारी वार्ता टोली र ‘विप्लव’को वार्ता टोलीबीच तीन बुँदे सहमति, शुक्रवार प्रधानमन्त्री ओली र ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने
३) सरकारी वार्ता टोली र ‘विप्लव’को वार्ता टोलीबीच तीन बुँदे सहमति, शुक्रवार प्रधानमन्त्री ओली र ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने
४) भारत सरकारले नेपाल र भुटानसँगका सीमामा १२ नयाँ बटालियन स्थापना गर्न तयारी, योसँगै नेपाल र भुटानसँगको सीमामा थप १३ हजार भारतीय सीमा सशस्त्र बल परिचालन हुने
५) र, नाटकीय जित निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश, सिजनको पहिलो उपाधि नजिक