काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) बालाजुका विस्थापितको माइतीघरमा आक्रोश– चुप बस्यो भने राज्यले जिब्रो पनि थुतेर लैजाने तर्क, कमलपोखरीमा ‘सिमेन्टको कमल’ फुलाउने प्रयत्नको प्रतिरोध, संरचनाको आधारलाई भत्काइयो
२) काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा फेरि देखियो बर्डफ्लु, रोग संक्रमण फैलिन नदिन स्थानीय एवं घरपालुवा पंक्षी नष्ट गरिएको पशु सेवा विभागद्वारा जानकारी
३) ट्रायल पास गरेका परीक्षार्थीलाई एक महिनाभित्रमा चालक अनुमतिपत्र दिइसक्ने यातायात व्यवस्था विभागको योजना, नयाँ चालक अनुमतिपत्रका लागि देशभरबाट पाँच लाखभन्दा बढी सेवाग्राहीको अनलाइन आवेदन
४) इरान समर्थित मिलिसियाको सिरियास्थित अखडामा हमला गर्न बाइडेनको अनुमति, हवाई कारबाहीमा इरान समर्थक १७ लडाकू मारिएको दावी, क्षतिको यकिङ विवरण आउँन बाँकी
५) र, सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबको जित, खुमलटार युथ क्लब ३–२ गोलअन्तरले पराजित, जितसँगै शीर्ष स्थानको सातदोबाटोको सात खेलबाट १९ अंक
पूरा समाचार भिडियोमा