काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) नेकपा प्रचण्ड–नेपाल पक्षसँग सत्ता सहकार्यको कुनै सम्भावना नरहेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको दाबी, प्रचण्ड–नेपालको कुन पार्टी हो अलमलमा परेकाले प्रष्ट पार्न सुझाव
२) ओलीलाई राजीनामा गर्न लगाएर पार्टी एकता जोगाउन ‘प्रचण्ड’लाई वामदेव गौतमको सुझाव, बिना पूर्वाग्रह ओली पक्षका नेताहरु पनि एक ठाउँमा हुने वातावरण बनाउन गौतमलाई प्रचण्डको आग्रह
३) देशकै ठूलो ट्रान्सपोर्ट कम्पनी पशुपति क्यारियर राजस्व छलीमा मुछियो, कम्पनीले १५ करोड रूपैयाँभन्दा धेरै राजस्व छली गरेको राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धान
४) अस्ट्रेलियाले बनायो गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने कानुन, फेसबुक र गुगलद्वारा कानुनको विरोध, यो प्रकृतिको कानुन विश्वकै पहिलो
५) र, गेरी फिलिप्स नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त, फिलिप्सको नियुक्तिसँगै पहिलो पटक नेपाली महिला फुटबल टिमले पायो विदेशी प्रशिक्षक
पूरा समाचार भिडियोमा