काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) ’बृहत् नागरिक आन्दोलन’को नागरिक घोषणापत्र सार्वजनिक, जनतामा निहित अधिकारसहित सम्पूर्ण नागरिकहरू जाग्न र मुलुकलाई नयाँ निकास दिन आह्वान, नागरिक सर्वोच्चता स्थापित गरिने दाबी
२) वर्तमान सरकारले कठिन संघर्ष गरेर बनाएको संविधान कहिल्यै नमिच्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, सरकारले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीको मुख पनि नहेर्ने उल्लेख
३) ’जस्तोसुकै परिस्थिति’ पनि सामना गर्न तयार रहन नेकपा प्रचण्ड–नेपालको निर्देशन, ओली सरकार फासीवादी शासन संचालनको दिशामा जान लागेको र छिटै तह लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठको चेतावनी
४) अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण, मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकांक्षा परियोजना
५) र, राष्ट्रिय महिला लिग फुटबलको उपाधि विजेता एपिएफ क्लबको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध ३–० गोलअन्तरको जित, १२ खेलमा ७७ गोल गर्दै एक गोल मात्रै खायो
पूरा समाचार भिडियो