काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफूले अदालतको अवहेलना नगरेको दाबी, अदालतमा आफैं उपस्थित भएर भने– कसैलाई कारवाही गर्छु जस्ता दबाबमुलक र निन्दनीय शब्द प्रयोग गरेको छैन
२. विरोधका कार्यक्रम गर्दै आएको नेकपाको प्रचण्ड र नेपाल पक्षले टुँडिखेल वरिपरि बनायो मानव साङ्लो, प्रतिनिधि सभा विघटनको विरोधका साथै महँगी र भ्रष्टचारविरुद्ध योगेश भट्टराईको नेतृत्वमा प्रदर्शन
३. नेपालको संविधानले कसैलाई पनि अवशिष्ट अधिकार नदिएको एमिकस क्युरी पूर्णमान शाक्यको धारणा, प्रतिनिधी सभा विघटन गर्न सुरुमा सरकार काम चलाउ हुनुपर्ने राय
४. अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने, संगठनबाट अमेरिका बाहिरिएको निर्णय खारेजीपछि बाइडेनले सहयोगक लागि बढाए हात
५. र, दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिस आइपिएल इतिहासकै महंगा खेलाडि, १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले किन्यो
पूरा समाचार भिडियोमा