काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) भागरथी भट्टको बलात्कार र हत्याका अभियुक्त दिनेश भट्टलाई प्रहरी ग¥यो सार्वजनिक, एक महिनाभित्र ’निर्मला काण्ड’ पनि सल्टिने डिआइजी उत्तमराज सुवेदीको दाबी
२) बुधबार बस्ने भनिएको बागमती प्रदेश सभाको बैठक फेरि स्थगित, अविश्वासको प्रस्ताव पारित हुने डरले संसद छलिएको प्रचण्ड–नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यको दाबी
३) कोभिडका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द भएको सरकारी अध्ययन, कुनै पनि उद्योगको उत्पादन पूर्ण क्षमतामा सञ्चालन हुन सकेन, श्रमिक परिचालनमा समेत असर
४) म्यान्मारमा नेत्री आङ सान सू चीलाई नयाँ अभियोग, जारी विरोधलाई दमन गरे म्यानमारी सेनाले ‘गम्भीर परिणाम’ व्यहोर्नुपर्ने संयुक्त राष्ट्रसंघको चेतावनी
५) र, राष्ट्रिय महिला लिग फुटबलको उपाधि दुई खेलअघि नै सशस्त्र प्रहरीको एपिएफ क्लबलाई, पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १–१ को बराबरीमा सकिएसँगै एपिएफ लिग विजेता
पूरा समाचार भिडियोमा