१. वर्तमान सरकार नेकपाको कि केपी शर्मा ओलीको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उठाए प्रश्न, नेकपाको भएको रिट निवेदकका वकिलको उत्तर, जवाफी बहस सोमबार सकिँदै
२. भागरथी हत्या प्रकरणमा दुई जना व्यक्ति प्रहरीको ‘उच्च निगरानी’मा, दुईमध्ये एक जना त्यही दिन भारत गएको र अर्को एकजना सार्वजजिक पद धारण गरेको व्यक्ति
३. ललिता निवास प्रकरणमा माधवकुमार नेपालमाथि मुद्दा चलाउनेबारे निर्णय गर्न फाइल मगाउने आदेश, आवश्यक विवरण मगाउने आदेशसँगै यो मुद्दा थप अध्ययनको चरणमा प्रवेश
४. अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध परेको महाभियोगको प्रस्ताव सिनेटद्वारा अस्वीकार, महाभियोगको पक्षमा ५७ मत खस्यो भने विपक्षमा ४३ मत, पारित हुन १० मत पुगेन
५. र, राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-१ हरायो, आर्मीका लागि रश्मी घिसिङले एक्लैले गरिन् ४ गोल
पूरा समाचार भिडियोमा