काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) अदालतले ‘अस्थिरता तर्फ देश नफर्काउने’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अदालतमाथि दबाब सिर्जना, नेकपा प्रचण्ड–नेपाल समूहले अदालतमाथि दबाब दिइरहेको आरोप
२) ‘सिद्धबाबा’को बलात्कार मुद्दामा करणी नभई सहमतिमा शरीर समर्पण गरेको देखिएको अदालतको व्याख्या, उमेर पुगेको र एसएमएस कुराकानी हेर्दा जवरजस्ती करणीको कसूर कायम गर्न नमिल्लने उल्लेख
३) ‘जनयुद्ध’ ऐतिहासिक आवश्यकता रहेको नेकपा अध्यक्ष प्रचण्डको दाबी, ‘जनयुद्ध’को मुख्य रणनीतिककार र योजनाकार आफू भएकाले त्यसको जिम्मेवारी बोक्न तयार रहेको तर्क
४) पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध बदलाको अभियान चलाइएको वकिलहरूको आरोप, ट्रम्पलाई जबाफदेही नबनाइए उस्तै घटना फेरि दोहोरिन सक्ने डेमोक्रेट दलका नेताहरूको चेतावनी
५) र, टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत गण्डकी प्रदेशलाई पुरुषतर्फको उपाधि, एपीएफ क्लबविरुद्ध जित निकाल्दै महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई
पूरा समाचार भिडियोमा