काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) ‘राज्यद्रोह’को आरोपमा समातिएकी नेकपा नेतृ रामकुमारी झाँक्री प्रहरी हिरासतमुक्त, आफ्ना अभिव्यक्तिमा कुनै पनि पश्चाताप नभएको प्रतिक्रिया, अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने तर्क ।
२) वर्तमान संसदीय व्यवस्थाबाट संकटको निकास सम्भव नभएको वामपन्थी चार घटकको निष्कर्ष, वाम घटकको मोर्चा गठन कम्युनिस्ट धारको ध्रुविकरण र पार्टी एकताको आधार ।
३) गैरआवासीय नेपाली संघको अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याउने तयारी, सरकारले पाँच प्रतिशत लगानी गर्ने निर्णय ।
४) अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्धको घोषणा, म्यान्मारका जनताको आवाज विश्वले हेरिरहेकाले आवश्यक परे थप कदम चाल्ने चेतावनी ।
५) र, राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबको सातौं जित, विराटनगर महानगरपालिका ७–० गोलअन्तरले पराजित, जितसँगै शीर्ष स्थानको एपीएफमाथि आर्मीको दबाब कायमै, अर्को खेलमा चौदण्डीगढीविरुद्ध वालिङ विजयी ।