काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) २०७८ वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय, तोकिएको समयमा निर्वाचन गर्न तयार रहेको प्रधानमन्त्रीलाई निर्वाचन आयोगको ब्रिफिङ ।
२) सरकारले बजेटको आकार १ खर्ब ३० अर्ब रूपैयाँ घटायो, आउँदो वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा निर्वाचन आयोगलाई उपलब्ध गरायो ७ अर्ब रुपैयाँ ।
३) औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले अघि बढाए खोप दर्ताको तयारी, भारत, चीन र रुसका कोभिड खोप दर्ताको निवेदशमाथि अध्ययन जारी ।
४) म्यानमारमा भएको सैन्य ‘कू’ को कदमपछि शरु भएको विरोध प्रदर्शनमा दिनप्रतिदिन सहभागीता बढ्दै, सडकमा उत्रिएका प्रदर्शनकारीलाई संयमता अपनाउन सेनाको आग्रह ।
५) र, कोरोना भाइरसका कारण स्थगित शहिद स्मारक बि डिभिजन लिगको बाँकी खेल तालिका सार्वजनिक, नयाँ खेलतालिका अनुसार फागुन ११ गते दुई खेल हुँदै ।