काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रधानमन्त्री ओलीले एकपछि अर्को लडाईं हार्नु बाहेक विकल्प नभएको नेकपा अध्यक्ष प्रचण्डको दाबी, विगतमा भएका त्रुटि सच्याउन स्वेतपत्र जारी गर्ने तयारीमा रहेको नेपालद्वारा जानकारी
२) कृषिमा विदेशी लगानी ’छोरालाई हेर्दिनँ, धर्मपुत्र पाल्छु भनेजस्तै’ भएको सरोकारवालाहरुको भनाइ, देशका किसान र उद्योगीलाई सरकारले कुनै भरोसा नदिएको भन्दै आलोचना
३) राष्ट्रिय सहकारी बैंक लिमिटेड र गठनको प्रकृयामा रहेको नेपाल सहकारी बैंक लिमिटेडबीच स्पष्ट राजनीतिक कित्ताकाट, कांग्रेस निकटको अलग्गै बैंक बनाउने तयारी
४) अब चीनसँग अमेरिकाको द्वन्द्व नभई अन्तर्राष्ट्रिय नियमहरूलाई मानेर प्रतिष्पर्धा बढ्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ, चिनियाँ राष्ट्रपति सीको शरीरमा प्रजातन्त्रको हाड नभएको दाबी
५) र, नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले आइजोल फुटबल क्लबबाट भारतको आइलिग फुटबल खेल्ने, आइलिगमा अभिषेक आबद्ध टिम आइजोल लिगको पाँचौं स्थानमा
पूरा समाचार भिडियोमा