काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, कर कार्यालयबाट पत्र गएको दिन एउटै परेको भन्दै हाललाई सबै प्रक्रिया यथास्थानमा राख्न आदेश जारी ।
२) दोस्रो चरणको कोभिड विरुद्दको खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी, दोस्रो चरणमा सोमबारदेखि कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिइँदै ।
३) कोरोना खोपको सुरुवातसँगै पर्यटक आगमन बढ्न थाल्यो, २०२१ को जनवरीमा मात्रै ८ हजार ८७४ पर्यटक नेपाल भित्रिए, सबै भन्दा बढी भारतबाट ।
४) म्यान्मार कूः लगातार दोस्रो दिन हजारौँ मानिस सडक प्रदर्शनमा, इन्टरनेट सेवा प्रदायक तथा मोबाइल नेटवर्कहरूलाई इन्टरनेट बन्द गराउने आदेशलाई चुनौती दिन नागरिक समाजका सङ्गठनहरुको आह्वान ।
५) र, राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब स्याङ्जाको वालिङ नागरपालिकासँग पराजित, जितसंगै वालिङ लिगको तेस्रो स्थानमा, अर्को खेलमा विराटनगर महानगरपालिकाविरुद्ध चन्द्रपुरको जित ।